मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ मा ४१९ को र्‍यापिड टेस्ट

प्रदेश २ मा ४१९ को र्‍यापिड टेस्ट


३ वैशाख, जनकपुरधाम । प्रदेश २ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको परीक्षणलाई तीब्रता दिइएको छ । पछिल्लो दुई दिनमा प्रदेशको आठ जिल्लाका चार सय १९ जनाको आरडीटी टेस्ट गरिएको छ ।

विभिन्न अस्पताल र क्वारेन्टाइनमा राखिएकाहरुको र्‍यापिड टेस्ट विधिबाट परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

उनका अनुसार चार सय सात जनाको र्‍यापिड टेस्ट गर्दा दुई जनाको मात्रै पोजेटिभ देखिएको भएपनि पीसीआर टेस्ट गर्दा उनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आइसकेको छ ।

उनका अनुसार ४ सय १९ जनाको र्‍यापिड टेस्ट गर्दा दुई जनाको मात्रै पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका दुवै जना सप्तरीका हुन् ।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाको प्रयोगशाला परीक्षणका लागि पठाइएको छ ।

सचिव घिमिरेकाअनुसार सप्तरीमा ७८, सिरहामा ४७, धनुषामा ९, महोत्तरीमा २६, सर्लाहीमा ५७, रौतहटमा १ सय ६९, बारामा १० र पर्सामा ११ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

कहाँ–कहाँ कति ?

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालसहित विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेकाहरुको र्‍यापिड टेस्ट गरिएको छ । अस्पताका १२ जना, अग्निसाइर कृष्णासावरण गाउँपालिकाका १८, बलान बिहुल गाउँपालिकाका १३ जना, बोदे बर्साइन नगरपालिकाका १० जना, कंचनरुप नगरपालिकाका आठ जनाको आरडीटी टेस्ट गरिएको छ । त्यस्तै, महदेवा गाउँपालिकामा छ जना, तिलाठी–कोइलाडी गाउँपालिकामा तीन जना तथा खड्ग, डाक्नेश्वरी, हनुमाननगर कंकालनी नगरपालिका र राजगढ गाउँपालिकामा २/२ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

सिराहाको जिल्ला अस्पतालमा २७ जना, नवराजपुर गाउँपालिकामा सात, गोलबजार नगरपालिकामा छ र कर्जन्हा नगरपालिकामा सात जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नौ जनाको टेस्ट गरिएको छ ।

महोत्तरीको औरहीमा ११ र बलरा नगरपालिकामा १५ जनाको र्‍यापिड परीक्षण गरिएको छ भने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०, हरिपुर नगरपालिकामा दुई र कौडेना नगरपालिकामा पाँच जनाको परीक्षण गरिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा १२, कटहरिया नगरपालिकामा ३०, कटहरिया नगरपालिकामा ३०, इशनाथ नगरपालिकामा ८०, गरुडा नगरपालिकामा पाँच, परोहा नगरपालिकामा २७, बौधीमाई नगरपालिकामा ११ र फतवा विजयपुर नगरपालिकामा चार जनाको र्‍यापिड परीक्षण गरिएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकामा पाँच, महागढीमाई नगरपालिकामा छ तथा पर्साको छिपहरिमाई गाउँपालिकामा तीन, कालिकामाई गाउँपालिकामा तीन र पकडा मैनापुरमा चार जनाको र्‍यापिड परीक्षण गरिएको छ ।

source – onlinekhabar