मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरिफन्टाबाट उद्धार गरेर ल्याईएका अछामका ३९ जनालाई मंगलसेनको क्वारेन्टाईनमा राखिने

गौरिफन्टाबाट उद्धार गरेर ल्याईएका अछामका ३९ जनालाई मंगलसेनको क्वारेन्टाईनमा राखिने


कमल रावल, चैत १२ अछाम

कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम ल्याईएका ३९ जनालाई सदरमुकाम मंगलसेनमा क्वारेन्टाईन स्थापना गरि राखिने भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको समन्वय तथा प्रहरीको स्कटिङमा अछाम ल्याईएका सबै स्थानिय तहका नागरिकलाई १४ दिनसम्म एकै स्थान सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाको अगुवाईमा कृषि ज्ञान केन्द्र मंगलसेनमा क्वारेन्टाईन निर्माण गरि राख्न लागिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौड्ेलले बताउनु भयो ।

उद्धार गरेर अछाम आईसकेपछि सम्बन्धीत स्थानिय तहमा पठाउदा घरमा जान्छन की भनेर सबै स्थानिय तहका जनप्रतिनीधीसँग समन्वय गरेर मंगलसेनमै १४ दिनसम्म राख्न लागिएको उहाँले जानकारी दिनु भयो ।

कैलालीबाट आएको बस अछामको चौख्ट्टे नाका प्रबेश गरिसकेकाले अहीले मंगलसेन नगरपालिकाले क्वारेन्टाईन बन्ने भवन नजिकै हेल्थ डेस्क स्थापना गरिसकेको र क्वारेन्टाईनको ब्याबस्थापन कार्य जारी रहेको मंगलसेन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले जानकारी दिनु भयो ।