मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षयरोग बिरामी अझैँ खुलेर आउन सकेनन्

क्षयरोग बिरामी अझैँ खुलेर आउन सकेनन्


अछाम – सरकारले अघि सारेको नारा कार्य अबको, क्षयरोग अन्त्यको नारालाई साकार पार्न अभियानलाई निरन्तरता दिईएको छ ।

क्षयरोग विहिन नेपालको परिकल्पना सहीत क्षयरोग बिरामी हुने दर, मृत्यू हुने दर तथा संक्रमण कमगरी जनस्वास्थ्य समस्याको रूपमा रहन नदिने लक्ष्य सहीत कार्य अघि बढिरहेका छन ।

सरकारले अघि सारेको अभियानलाई सबैले साथ दिन नसक्दा अझै पनि क्षयरोगका रोगिहरु पत्ता लाग्न सकिरहेका छैनन । रोगिहरु खुलेर स्वास्थ्य संस्थामा अझै आउन नसकेकाले समस्या भईरहेको स्वास्थ्य कार्यालय अछामका क्षयकृष्ठ निरिक्षक देब जोशिले बताउनु भयो ।

कोराना भाईरसको संक्रमणको कारण अछाममा हाललाई कुनै कार्यक्रम गर्न नसकीएकाले संचार माध्यम मार्फत प्रचारप्रसार गर्ने कार्य भईरहेको उहाँले बताउनु भयो ।

हावाको माध्यामबाट १ ब्यक्तिबाट अर्कोलाई सर्ने भएकाले सुरक्षित तरिकाले नियमित औषधि सेवन गर्न सके रोग निको हुदै जाने उहाँले बताउनु भयो ।

स्वास्थ्यको लक्ष्य प्रत्येक समुदायमा क्षयरोगि पत्ता लगाएर औषधि सेवनमा ल्याउने भएकाले सबैलाई साथ दिन आग्रह सहीत स्वास्थ्य संस्थामा खकार जाँच गराई रोगपत्ता लगाई निशुुल्क स्वास्थ्य संस्थामा गएर औषधि लिन समेत उहाँको आग्रह रहेको छ ।

नेपालमा पनि ४५ प्रतिशत ब्यक्तिलाई क्षयरोग हुनसक्ने तथ्याक रहेकाले सबैलाई सजग रहन उहाँको आग्रह रहेको छ ।