मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा निषेधाज्ञा जारी : अत्यावश्यक सेवा खुला राख्न आग्रह

अछाममा निषेधाज्ञा जारी : अत्यावश्यक सेवा खुला राख्न आग्रह


जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि गरिएको लक डाउनलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो । 

अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार लक डाउनपछि धेरै मानिसहरु सचेत बनेपनि त्यसलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो ।

तर निषेधाज्ञा भन्दैमा अन्य विषम परिस्थीतिमा लागाइएको कर्फ्यु जस्तो नभएकाले औषधी पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, अत्यावश्यक मालबस्तु ओसारपसार गर्ने ढुवानीका साधन, सरकारी छापाखाना, सञ्चार माध्यमहरु, आन्तरीक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी र भण्डारण तथा वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा आदी जस्ता जरुरी सेवाहरु सञ्चालनमा कुनै प्रकारको रोक लगाइएको छैन् । 

रोक नलगाइएको भन्दैमा जथाभावि भिडभाड हुनेगरी दैनिक कार्य सञ्चालन नगर्न आग्रह गरिएको छ । विज्ञप्तीमा अर्को निर्णय नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) बमोजिम बजारका खासै आवश्यक नपर्ने सामग्री बेच्ने पसल बन्द गर्नुका साथै बाटोमा जाथाभावि नहिड्न र एकै ठाउँमा भेला भएर कुनैपनि गतिविधि सञ्चालन नगर्न नगराउन अनुरोधसहित निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

अत्यावश्यक बस्तु तथा सेवा प्रवाह सम्वन्धी कार्य गर्दा समेत एक व्यक्तिदेखि अर्को व्यक्ति बीचको दुरी कम्तिमा ६ फिट टाढा हुनेगरी कारोबार गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

यो अवधिभर जिल्लाभरको स्वास्थ्य सुरक्षामा प्रतिकुल प्रभाव पर्न सक्ने कुनैपनि किसिमका गतिविधि हुन नदिन सम्बन्धीत निकायलाई निर्देशन दिदै विज्ञप्ती मार्फत उल्लेखित आदेश उल्लंघन गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।