मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको बाँडामा पहिलो पटक गाडी पुग्यो

अछामको बाँडामा पहिलो पटक गाडी पुग्यो

सडक खण्डको भब्य कार्यक्रमका वीच उद्धघाटन


फागुन ३०, अछाम /

मंगलसैन नगरपालिका वडा नम्बर १३ को बाँडामा पहिलो पटक गाडी पुगेको छ । मंगलसैन – लोडेघाट सडक खण्ड अन्तर्गत बाँडा सडक खण्डमा पहिलो पटक गाडी पुगेको हो ।

गाडी पुगेको अवसरमा एक भब्य कार्यक्रमका वीच मंगलसैन नगर प्रमुख पदम बोहराले उद्धघाटन गर्नुभयो । गाउँमा गाडी पुग्दा स्थानीय निर्क हर्षित भएका छन । स्थानीयले कार्यक्रममा उपस्थित सम्पुर्ण टिमलाइ बाजागाजा सहित स्वागत गर्दै धन्यबाद ब्यक्त गरेका हुन ।

वडा न.१३ का वडा सदस्य सरु देबि धामीको अध्यक्षता भएको उद्घाटनमा कार्यक्रमका प्रमुख अथिती मंगलसैन नगरपालिकाका प्रमुख पदम बहदुर बोहरा रहनु भएको थियो । प्रमुख अथितीको आसनबाट बोल्दै नगर प्रमुख बोहराले आफुले चुनावमा गरेको बाचा अनुसार बस्ती बाडाँमा सडक पु¥याएको भन्दै यसको स्तरोन्नती र बाह्रै महिना सडक सञ्चालनका लागि थप ध्यान दिनुपर्ने बताउनु भयो ।

बस्ती तथा बाँडाकै लागी नगरपालिकाले छुट्टै डोजर खरिद गरेर सडक निर्माणका लागि अग्रसर रहेको भन्दै नगरप्रमुख बोहराले अब आफ्नो कार्यकाल भित्रै बस्तीमा बिजुली समेत बालेर छाड्ने प्रतिबद्धता जनाउनु भयो ।

नगरपालिकाको बिकासका लागि आफु सधैँ सकारात्मक रहेको भन्दै शिक्षा, स्वास्थ्य, कृषिमा जनतालाई सहज गर्नेमा नगर प्रमुख बोहराको जोड छ ।

कार्यक्रममा बिशिष्ट अतिथि मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले वडा नम्बर १३ लगायत मंगलसेन नगरपालिका बिकासका लागी नगरपालिका लागि परेको बताउनु भयो महिलहरुले आफ्नो अधिकार सुनिश्चित गर्न आफै सक्रिय हुनु पर्ने उहाँको भनाई छ ।

अब यो क्षेत्रमा गाडी पुगि सकेपछी बिभिन्न आयमुलक कार्यक्रम लागू गर्ने र उत्पादन बढाउनतर्फ स्थानीय अग्रसर हुनुपर्ने नगर उपप्रमुख उपाध्याले बताउनु भयो ।

कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर थापा, वडा नम्बर २ का अध्यक्ष मान बहादुर बोगटी, वडा नम्बर ६ का अध्यक्ष जनक भण्डारी, नगरसभा सदस्य तथा नेकपा मंगलसैन नगरकमिटी अध्यक्ष बिर्ख बोगटी, नेपाली कांग्रेसका हिक्मत बोगटी, जनसेवा नेपालका अध्यक्ष कर्ण धामी, नेकपाका रतन धामी लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिका प्रशाशकीय अधिकृत खगेन्द्र सोडारी, सडक खण्डका ठेकेदार जय बहादुर साउँद लगायत शिक्षक, बुद्धिजिवि, बिद्यार्थी स्थानियको सहभगिता रहेको छ । वडा न.१३ का वडा सदस्य मान बहादुर धामीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सुनगाभा आधारभूत विद्यालयका प्राध्यापक लक्ष्मण धामीले गर्नु भएको थियो ।