मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका वडा नं. १० को वडा कार्यालय बन्ने

कमलबजार नगरपालिका वडा नं. १० को वडा कार्यालय बन्ने


२९ फागुन अछाम

कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनमा वडा बन्ने भएको छ । बिहिबार एक कार्यक्रमका बीच कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट, उपप्रमुख भुमीशरण बजगाइले घोडासैनको गैरिकोटमा वडा कार्यालयको सिलान्यास गर्नुभएको हो ।

भवनको सिलन्यास गर्दै नगरप्रमुख बिष्टले सबै वडामा आफ्नै भवन निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो । यसै अन्तरगत वडा नं १० को वडा कार्यालय निर्माण सुरु गरिएको उहाँको भनाई छ ।

भवन निर्माण नभएका वडामा क्रमस वडा कार्यालय निर्माण गरिने नगरप्रमुख बिष्टले बताए । वडा कार्यालय निर्माण भैसकेपछि सेवा प्रवाह गर्न सजिलो हुने उहाँको दाबी छ ।

भाडामा वडा कार्यालय संचालन गर्दा सेवाग्राही र सेवा प्रदायी दुबैलाई समस्या रहेको बताउदै नगरप्रमुख बिष्टले भने आफ्नो संरचना निर्माण भएपछि राहत पुग्ने छ । वडा नं १० का अध्यक्ष भिम बिष्टले वडा कार्यालय निर्माणले स्थानीयमा खुसी छाएको बताए । उनले भने भाडामा वडा कार्यालय संचालन गर्दा नगरपालिकालाई आर्थिक भार परेको थियो भवन बनेपछि त्यसबाट मुक्ती मिल्ने छ ।

सिलान्यास कार्यक्रममा कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राम बहादुर शाह, पत्रकार महासंघ अछामका सदस्य सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो ।